बिएल संवाददाता
इन्डक्सन चुलो र इलेक्ट्रिक गाडीको प्रयोगबारे प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेको समान मत देखिएको छ।
आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै अर्थमन्त्री वाग्लेले ‘सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुने दाबी गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले पनि आजैको संसद बैठकमा सम्बोधन गर्दै ‘देशभर विद्युतीय चुल्होबाट खाना पकाउन थाल्ने हो भने सबै ट्रान्सफर्मर पड्किने’ दाबी गरेका थिए।
अर्थमन्त्रीले भने, ‘सबै घरले इन्डक्सन चुलो बाल्ने, इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ। ट्रान्सफर्मरले धान्दैन। अबको तीन चार वर्ष यो पूर्वाधार बनाउनै लाग्छ। त्यसको लगानी बढाउनमा लागि बिजुलीमा भ्याट लगायौं।’
स्वच्छ ऊर्जामा नेपालीहरूको पनि लगानी हुनुपर्छ भनेर भ्याट लगाएको उनको जिकिर छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया