बिएल संवाददाता
पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिनका लागि बनेको समितिले काम पूरा गरेको छ।
विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी देखिएपछि राजीनामा दिन बाध्य भएका गुरुङको सम्पत्ति र शंकास्पद कारोबारमाथि छानबिनका लागि बनेको समितिले गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने लगायतका कार्य पूरा गरेको छ।
समितिले राय–सुझावसहितको प्रतिवेदन आजै सरकारलाई बुझाउन लागेको समितिका एक सदस्यले बताए।
ती सदस्यका अनुसार गुरुङ दोषी वा निर्दोष जे भए पनि प्रमाणका आधारमा प्रतिवेदनमा स्पष्ट निष्कर्षसहित राय प्रस्तुत गरिएको छ।
मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो।
समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणी नेउपाने सदस्य रहेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया