बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति लगत्तै पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय एसएसबी हातहतियारसहित छिरेको तथ्य बाहिरिएको छ।
‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालमा हंगामा मच्चाइरहेका बेला भारतीय एसएसबी हतियारसहित नेपाल पसेर नेपाली भूमिमा भइरहेको संरचना निर्माण कार्यमा अवरोध गरेको छ।
सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदी किनारमा निर्माणाधीन तटबन्धको काम रोक्न भारतीय सशस्त्र सीमा बलका करिब ५० जनाको समूह नेपाली भूमिमा प्रवेश गरी निर्माण कार्य रोक्न दबाब दिएको स्थानीयवासीले गरेका छन्।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले भारतीय एसएसबी एक्कासी नेपाल प्रवेश गरेर निर्माण कार्यमा अवरोध गरेको आरोप लगाए।
निर्माणको काम दुई/तीन महिनादेखि जारी रहेको अवस्थामा आइतबार एक्कासी भारतीय एसएसबी नेपाल प्रवेश गरेकोमा उनले आश्चार्य व्यक्त गरे।
बीएल मिडियासँगको कुराकानीमा पालिका अध्यक्षले भने, ‘दुई/तीन महिनादेखि तटबन्ध निर्माणको काम जारी छ। हिजो अचानक भारतीय एसएसबी प्रवेश गरेर निर्माण कार्यमा अवरोध गरेको छ।’
पालिका अध्यक्षका अनुसार हाल एसएसबीले अवरोध गरेको ठाउँमा कुनै सीमा विवाद छैन। तर पनि भारतीय पक्षले विवादित क्षेत्र दाबी गर्दै आएको उनले बताए।
भारतीय एसएसबी हतियारसहित नेपाल छिरेर आतंक सिर्जना गर्ने गरेको यो पहिलो घटना नभए पनि तटबन्ध निर्माणमा भने पहिलोपटक अवरोध गरेको पालिका अध्यक्षले बताए।
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया