बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपकराज बोहोराले जेनजी आन्दोलनबारे राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।
जेनजी आन्दोलन भड्काएको भन्दै आयोगले आफ्नो प्रतिवेदनमा नाम उल्लेख गरेपछि बोहरा रिट लिएर अदालत पुगेका हुन्। आयोगले बोहरासहित १७ जना सांसदहरूमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो।
‘जेन्जी आन्दोलनको ‘मुभमेन्ट’लाई चलाउने क्रममा बोहोराका अभिव्यक्ति, भिडियो फुटेजहरूले काम गरेको’ भन्दै आयोगले उनीमाथि अनुसन्धान र कारबाही सिफारिस गरेको थियो।
सोमबार बोहोराले उक्त प्रतिवेदनविरुद्ध रिट निवेदन दर्ता गरेका हुन्। बोहराले रिट निवेदनमा आयोगको सिफारिस ‘काल्पनिक’ रहेको दाबी गर्दै आयोगले गरेको उक्त सिफारिसलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गरिएका छन्।
साथै आयोगको उक्त सिफारिसलाई कार्यान्वयन नगर्न/नगराउन अदालतबाट परमादेशको आदेश जारी गर्न समेत माग गरेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया