बुधबार, ०३ जुन २०२६

नेकपा सांसदको ठोकुवाः प्रधानमन्त्रीले भारतको चाकरीका लागि रविलाई दूत बनाएर पठाए

News Image
• • •

नेपाली कम्युनिस्ट पार्टीका राष्ट्रिय सभा सांसद विष्णुबहादुर विश्वकर्माले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई चाकरीबाजको संज्ञा दिएका छन्।

बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विश्वकर्माले प्रधानमन्त्रीले आफ्नो पार्टीको सभापतिलाई दूतको रुपमा भारत गराएको दाबी गरे।

उनले भने, ‘भारतसँगको सम्बन्ध अहिले चिसिएको छ। यो चिसिएको बेलामा प्रधानमन्त्रीले आफ्नो पार्टीको सभापतिलाई दूतको रुपमा भारत भ्रमण गराउनुभएको छ। अर्को चाकरीबाज हो यो।’

प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले भारतले मात्रै नभइ नेपालले पनि भारतको जग्गा मिचेको अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीको उक्त भनाइको विरोध गर्दै सांसद विश्वकर्माले यो विषय कहाँबाट कसरी आयो भन्दै प्रश्न गरेका छन्।

रास्वपा सभापति रवि लामिछाने यतिबेला भारतीय जनता पार्टीको निमन्त्रणमा दिल्ली भ्रमणमा छन्।

त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा राष्ट्रिय अध्यक्ष नितिन नविनलगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!