बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टीले आज र भोलि अधिकांश जिल्लामा अधिवेशन गर्दैछ।
आज जेठ २३ गते ३७ जिल्लाहरूको अधिवेशन सम्पन्न हुँदैछ। २९ जिल्लाको जेठ २४ गते र बारा जिल्लाको अधिवेशन जेठ २६ गते हुँदैछ। बाँकी १० जिल्लाको अधिवेशन महाधिवेशनपछि हुने रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए।
जेठ २३ गते निम्न ३७ जिल्लाहरूको अधिवेशनः
जेष्ठ २३ गते अधिवेशन हुने कोशी प्रदेशका ८ जिल्लाहरू:
झापा, मोरङ, तेह्रथुम, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुङ्गा र सुनसरी
मधेशका २ जिल्लाहरू:
महोत्तरी र रौतहट
बागमती प्रदेशका ९ जिल्लाहरू:
दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली
गण्डकी प्रदेशका ५ जिल्लाहरू:
स्याङ्जा, कास्की, पर्वत, बागलुङ र म्याग्दी
लुम्बिनी प्रदेशका ८ जिल्लाहरू:
गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र रोल्पा
कर्णाली प्रदेशका २ जिल्लाहरू:
कालिकोट र सल्यान
सुदुरपश्चिम प्रदेशका ३ जिल्लाहरू:
बैतडी, बझाङ र दार्चुला
जेठ २४ गते निम्न २९ जिल्लाहरूको अधिवेशनः
कोशी प्रदेशका ४ जिल्लाहरू:
उदयपुर, सोलुखुम्बु, खोटाङ र ईलाम
मधेश प्रदेशका ४ जिल्लाहरू:
सिराहा, धनुषा, पर्सा र सर्लाही
बागमती प्रदेशका २ जिल्लाहरू:
चितवन र ललितपुर
गण्डकी प्रदेशका ४ जिल्लाहरू:
तनहुँ, नवलपुर, गोरखा र लमजुङ
लुम्बिनी प्रदेशका ३ जिल्लाहरू:
अर्घाखाँची, रुपन्देही र प्युठान
कर्णाली प्रदेशका ६ जिल्लाहरू:
सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु र जुम्ला
सुदुर पश्चिम प्रदेशका ६ जिल्लाहरू:
अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र बाजुरा
बारा जिल्ला अधिवेशन जेष्ठ २६ गते हुँदैछ।
यस तालिका अनुसार पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन अगावै ७७ मध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको महामन्त्री बुर्लाकोटीले बताए।
बाँकी १० जिल्लाहरूको अधिवेशन राष्ट्रिय महाधिवेशन पश्चात क्रमशः गर्नेछ।
जेठ २६ गते देखि सात प्रदेशको अधिवेशनको तयारी भइरहेको छ। जेठ २६ गते पहिलो प्रदेश अधिवेशनको रुपमा बाग्मती प्रदेशबाट सुरु हुँदैछ।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया