बिएल संवाददाता
उद्योगपति एवं नेपाली कांग्रेसका डलर अर्बपति नेता विनोद चौधरीले विगतमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्ने सरकारको योजना सकारात्मक रहेको बताएका छन्।
नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अब पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरूलाई अगाडि बढाउने वातावरण निर्माण हुनुपर्ने बताए।
मुलुकमा विकसित भइरहेको आशावादको वातावरणलाई अझ सशक्त बनाउँदै व्यवहारिक तथा ठोस लगानी परियोजनाहरू अगाडि बढाउनुपर्ने चौधरीले बताए।
‘एकातर्फ हामी प्रशासनिक, कानुनी, न्यायिक तथा सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा आवश्यक सुधारका लागि अगाडि बढिरहेका छौं र ती सुधारलाई थप तीव्रता दिनुपर्ने आवश्यकता पनि छ। अर्कोतर्फ, मुलुकमा विकसित भइरहेको आशावादको वातावरणलाई अझ सशक्त बनाउँदै व्यवहारिक तथा ठोस लगानी परियोजनाहरू अगाडि बढाउनुपर्ने आवश्यकता देखिन्छ। ऊर्जा क्षेत्र यसको एउटा प्रमुख उदाहरण हो,’ चौधरीले भने।
उनले थपे, ‘विगतमा सीमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई अन्त्य गर्दै पारदर्शी र प्रतिस्पर्धात्मक ढंगले परियोजनाहरूलाई अगाडि बढाउने वातावरण निर्माण गर्ने सरकारको प्रतिबद्धता र दृष्टिकोण देखिएको छ। अब यो प्रक्रिया सकेसम्म छिटो कार्यान्वयनमा जान आवश्यक छ। पर्यटन क्षेत्रका सन्दर्भमा पनि सकारात्मक संकेतहरू देखिएका छन्। हालै विभिन्न तहबाट प्रस्तुत भएका नीतिगत दृष्टिकोण र एजेन्डाहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा सकारात्मक रूपमा ग्रहण गरिएको महसुस गरिएको छ।’
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया