बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्टममा उभिएर माफी माग्नुपर्ने माग गरेका छन्।
सोमबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हल बसेको बैठकमा प्रधानमन्त्रीले माफी माग्नुपर्ने मागमा विपक्षी दलका नेताहरू एकमत देखिएको बैठकमा सहभागी एक नेताले बताए।
‘प्रधानमन्त्रीले जुन रोस्टममा उभिएर देशको भौगोलिक अखण्डतामा आँच पुग्ने जुन अभिव्यक्ति दिनुभयो त्यही रोस्टममा उभिएर उहाँले सार्वभौम जनतासँग माफी माग्नुपर्छ भन्ने हाम्रो लाइन रह्यो। रास्वपाका सभापतिले पनि अनौपचारिक रुपमा स्वीकार गरेको संकेत गर्नुभयो। तर, हामीले स्पष्ट जवाफ माग्यौं। प्रधानमन्त्रीले माफी नमागेसम्म संसद बैठक चल्न दिदैनौं भन्ने हाम्रो बटमलाइन रह्यो,’ ती नेताले भने।
बैठकमा नेपाली कांग्रेस, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन, एमालेका सचेतक ऐनबहादुर महरलगायतका नेताहरू सहभागी थिए।
बैठकमा संसदमा देखिएको गतिरोध, समसामयिक राजनीतिक विषय तथा राष्ट्रिय चासोका मुद्धामाथि छलफल भएको बताइएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया