मङ्गलबार, ०९ जुन २०२६

महावीरले पाएनन् मन्त्री बन्ने खबर, संसद बैठकमा सहभागी

News Image
फाइल तस्बिर
• • •

स्वतन्त्र सांसद महावीर पुनले आफूलाई मन्त्रीमा सिफारिस गरिएको बारे जानकारी नभएको बताएका छन्।

प्रधानमन्त्री वालेन्द्र शाहले उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको विषयमा आफूलाई थाहा नभएको उनले बताए।

यता मन्त्रीमा सिफारिस भइसक्दा मन्त्री पुन भने संसद बैठकमा सभागी हुन सिंहदरबार पुगेका थिए।

संसद बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै पुनले आफूलाई मन्त्री सिफारिस भएको बारे कुनै जानकारी नआएको पुनः दोहोर्‍याए।

प्रधानमन्त्री बालेन्द्र शाहले गृहमन्त्रीमा सुधन गुरुङसँगै नयाँ बनेको मन्त्रालयको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा पुनको नाम सिफारिस गरेका छन्।

दुवै मन्त्रीहरूको आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा शपथ गराउने तयारी छ। सपथको केही घण्टाअघिसम्म पनि पुनले भने आफूलाई कुनै जानकारी नभएको बताएका छन्।

पुन यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री थिए।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!