बिएल संवाददाता
अमेरिका र इरानबीच सम्भावित सम्झौताबारे चर्चा चलिरहेका बेला कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
बीबीसी फारसीका अनुसार, ब्रेन्ट क्रूड तेलको मूल्य मार्चको सुरुवातपछि सबैभन्दा तल्लो स्तरमा पुगेको छ।
ब्रेन्ट क्रूड तेलको मूल्य ८७.३३ डलर प्रति ब्यारेल पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ३.०५ डलर अर्थात ३.४ प्रतिशत कम हो।
त्यस्तै, अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लयूटीआई) कच्चा तेलको मूल्य पनि घटेर ८४.८८ डलर प्रति ब्यारेल पुगेको छ। यसमा २.८३ डलर अर्थात ३.२ प्रतिशतको गिरावट आएको छ, जुन अप्रिलपछि सबैभन्दा कम मूल्य हो।
लगानी फर्म ‘अगेन क्यापिटल’का साझेदार जोन किल्डफले ‘बजारमा आएको गिरावटको मुख्य कारण इरानी पक्षले अमेरिकासँग सम्झौता हुने सम्भावना रहेको बताएका कुरा हो’ भनेको बीबीसी फारसीले उल्लेख गरेको छ।
शुक्रबार इरानका विदेशमन्त्री अब्बास अराघचीले एक टेलिभिजन कार्यक्रममा भनेका थिए, ‘हामी पहिलेभन्दा धेरै सम्झौताको नजिक छौं। यसको अर्थ यो सम्झौता अर्को एक–दुई दिनमै हुन सक्छ, वा केही दिनभित्र हुन सक्छ।’
बीबीसीका अनुसार, बजारमा यही अपेक्षाले तेल मूल्यमा दबाब परेको हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया