बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रकम नै तोकेर व्यवसायीसँग चन्दा मागेको पत्र सार्वजनिक भएको छ।
सुदूरपश्चिम प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनका लागि कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वडा समितिका तर्फबाट एक निर्माण व्यवसायीसँग आर्थिक सहयोग मागिएको पत्र बाहिरिएको हो।
रास्वपा कृष्णपुर–१ का वडा सभापति सुरेन्द्र बोहराले जलजला कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशकलाई सम्बोधन गरेको पत्रमा ३० हजार रूपैयाँ चन्दा सहयोग मागेको पत्र सार्वजनिक भएपछि आलोचना सुरु भएको छ।
उक्त निर्माण कम्पनीले विगतदेखि वडामा विभिन्न विकास निर्माणका काम गर्दै आएको र स्थानीय समुदायसँग समेत सहकार्य गर्दै आएको उल्लेख गर्दै रास्वपाको असार १ गतेदेखि सुरु हुने सुदूरपश्चिम प्रदेश अधिवेशन तथा असार ७, ८ र ९ गते हुने केन्द्रीय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न आर्थिक स्रोत आवश्यक परेको जनाइएको छ।
रास्वपा वडा सभापति बोहराले भने अधिवेशनका लागि नभइ सडक मर्मतका लागि सहयोग मागिएको तर, सहयोगीहरूले अधिवेशनका लागि भन्दै लेखेको थाहा पाएपछि तुरुन्तै पत्र फिर्ता ल्याइसकेको दाबी गरेका छन्।

बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया