बिएल संवाददाता
राप्रपा परित्याग गरी दुर्गा प्रसाईंसँग मिलेर नयाँ पार्टी गठनको तयारी गरिरहेका डा. धवल शमशेर राणाले वर्तमान सरकार धेरै नटिक्ने ठोकुवा गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रममा बोल्दै नेता राणाले बालेन शाह नेतृत्वको वर्तमान सरकारले धेरै गल्ती गरेकाले नयाँ विकल्पको रुपमा आफूहरूले नयाँ पार्टी खोल्न लागेको दाबी समेत गरे।
नयाँ पार्टीले राजासहितको प्रजातन्त्र बोक्ने र मुलुकलाई हिन्दु राष्ट्र कायम गराउने गरी वर्तमान सरकारको विकल्प दिने उनले बताए।
उनले भने, ‘यो बालेन सरकार पनि के होला, कसो होला? भन्ने यो सय दिन नपुग्दै तमाम प्रश्न चिह्नहरू उठिसके। तमाम गल्तीहरू गरिसके। यो बालेन सरकार देशमा असफल भयो भने नेपाली जनताले एउटा विकल्प खोज्नेछन्। त्यो विकल्प भनेको एमाले, कांग्रेस, माओवादी र राप्रपा पनि होइन। त्यो विकल्प भनेको राजासहितको प्रजातन्त्र बोक्ने पार्टी, हिन्दुराष्ट्र ल्याउने पार्टीं त्यो विकल्प हुनेछ। त्यो विकल्प हाम्रो पार्टीले दिनेछ। हाम्रो नयाँ बन्ने पार्टीले दिनेछ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया