बिएल संवाददाता
ठेकेदारको खुट्टा भाँच्ने निर्देशनपछि पूर्वाधार विकास मन्त्री सुनिल लम्साल विवादमा तानिएका छन्।
आइतबार पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे–मलेखु सडकखण्ड अनुगमन गर्ने क्रममा मन्त्री लम्सालले ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि पूर्वआईजीजीपी चन्द्रकुवेर खापुङले समेत टिप्पणी गरेका छन्।
नौबिसे–मलेखु सडकखण्डमा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारले समयमा काम नगरेको गुनासो सुनेपछि मन्त्री लम्सालले ‘ठेकेदारको खुट्टा भाँच्न’ निर्देशन दिएका थिए।
ईकान्तिपुरले हालेको भिडियोमा पूर्वआईजीपी खापुङले ‘कानून बमोजिम नै त होला नि मन्त्री ज्यूको आदेश!’ भन्दै व्यंग्यमार्फत मन्त्रीलाई कानुन सम्झाउने प्रयास गरेका हुन्।
‘जो यो पोलवाला हो नि बिजुलीको पोल, त्यो कन्ट्याक्टरलाई कहाँ छ खोजेर ल्याउनू, तेल्लाई पनि यहीँ राख्नू। घर पठाउने हैन । फेरि काम गरेन भने खुट्टा भाँच्दिनू, मतलब भएन,’ मन्त्री लम्सालले भनेका थिए।
गोकर्णेश्वर–केएमसी सम्झौता, १० लाखसम्मको मिर्गौला प्रत्यारोपण निःशुल्क
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया