बिएल संवाददाता
अमेरिका र इरानबीच स्थायी युद्धविरामसँगै शान्ति सम्झौताको सहमति भएको छ।
मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले दुई देशबीच सहमति जुटेसँगै तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वमा जारी युद्ध अन्त्यतर्फ उन्मुख भएको सार्वजनिक गरेको छ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्दै यसको औपचारिक हस्ताक्षर समारोह शुक्रबार (जुन १९ मा) स्विट्जरल्यान्डमा आयोजना गरिने जानकारी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि इरानसँगको सम्झौता पूर्ण रूपमा सम्पन्न भएको पुष्टि गरेका छन्।
आफ्नो ८०औं जन्मदिनका अवसरमा जारी वक्तव्यमा उनले हर्मुज जलमार्ग जहाज आवागमनका लागि पूर्ण रूपमा खुला गरिने र अमेरिकाले लगाएको नौसैनिक नाकाबन्दी तत्काल हटाइने घोषणा गरेका छन्।
‘हर्मुज जलडमरूमध्यलाई शुल्कमुक्त रूपमा सञ्चालन गर्न र अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन अनुमति दिएको छु,’ ट्रम्पले वक्तव्यमार्फत भनेका छन्।
ट्रम्पको घोषणापछि इरानले पनि अमेरिकासँग भएको नयाँ सम्झौताले दुई देशबीचको युद्ध तत्काल अन्त्य भएको जनाएको छ। इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले राज्य सञ्चालित टेलिभिजनमार्फत् लेबनानसहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य घोषणा गरिएको बताएका छन्।
पाकिस्तानी प्रधानमन्त्री शरीफले अमेरिका र इरानलाई द्वन्द्वको कूटनीतिक समाधान खोजेकोमा धन्यवाद दिँदै दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्यमा सहमति जनाएको उल्लेख गरेका छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया