बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिमा उम्मेदवार बन्नेहरूका लागि शुल्क निर्धारण गरेको छ।
निर्धारित शुल्क अनुसार पार्टी सभापतिको उम्मेदवार बन्न चाहनेले ५१ हजार शुल्क बुझाउनुपर्ने हुन्छ। त्यस्तै उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार शुल्क तोकिएको छ।
त्यस्तै केन्द्रीय सदस्यहरूको उम्मेदवारका लागि २१ हजार शुल्क निर्धारण गरिएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ।
रास्वपाको विधान अनुसार एक महिला सहित तीन उपसभापति, दुई महामन्त्री, एक महिला सहित चार सहमहामन्त्री रहने व्यवस्था छ। त्यस्तै कोषाध्यक्ष, सह कोषाध्यक्ष, प्रवक्ता १/१ जना र र सह प्रवक्ता ३ जना मनोनित गर्ने व्यवस्था छ।
त्यस्तै रास्वपाको विधान अनुसार ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। २२ जना सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था छ। त्यस्तै सात प्रदेशका सभापतिहरू केन्द्रीय समितिको पदेन सदस्य हुनेछन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया