बुधबार, १७ जुन २०२६

असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने सरकारको तयारी

News Image
• • •

सरकारले यही असार तेस्रो सातादेखि भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको छ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कामको सुरुवात गरिसकेको जानकारी गराइन्।

भूमि आयोग कार्यकर्ता भर्ना गर्ने थलो मात्र हुँदा त्यसले निकास दिन नसकेको उल्लेख गर्दै मन्त्री रावलले पुरानो ढर्रा र संरचनाले काम नगर्ने निष्कर्षसहित समिति गठन गरेर काम गरिरहेको जानकारी दिइन्। उनले ३०औं वर्षमा १२ लाखले लालपूर्जा माग गरिरहँदा ९ हजारलाई मात्र लालपूर्जा बाँडिनु लज्जास्पद विषय भएको बताइन्।

‘३०औं वर्षमा १२ लाख निवेदन प्राप्त भएकोमा नौ हजार मात्र लालपुर्जा बाँडिनु भनेको एकदमै लज्जास्पद कुरा हो,’ उनले भनिन्, ‘ जिल्लास्तरमा पनि सिडिओको अध्यक्षतामा समिति बनाएर काम भइरहेको छ।’

‘हामीले काम सुरुवात गरिसकेका छौं, मन्त्रालयले अपेक्षा गरेको चाहिं असारको तेस्रो हप्तादेखि लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्नेछौं,’ उनले भनिन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!