बिहिबार, १८ जुन २०२६

नेकपाको सक्रिय राजनीतिबाट अलग्गिए कृष्णबहादुर महरा

News Image
• • •

नेकपाका नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन्।

बिहीबार एक वक्तव्य जारी गर्दै नेता महराले पार्टीको सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका हुन्। उनले अब आफू सक्रिय सदस्य मात्रै रहने जानकारी गराएका हुन्।

महराले भनेका छन्, ‘निकै गह्रौ मनका साथ आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यतात्मक परिस्थितिको परिणाम हो।’

उनले पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा सधैं इमानदार र प्रतिबद्ध रहिरहने बताएका छन्।

महराको वक्तव्य–

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!