बिएल संवाददाता
नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्।
उनलाई सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका लागि सुर्खेतबाट पक्राउ गरेको हो।
सुर्खेतमा पक्राउ परेका उनलाई नेपालगंज लगेर त्यहाँस्थित प्रहरी तालिम केन्द्रमा राखिने भएको छ। भोलि उनलाई नेपालगंजबाट प्लेनमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।
पौडेल पार्टी पुनर्गठन सुझाव संकलन अभियानका लागि सुर्खेत पुगेका थिए। उनलाई प्रदेश भेला कार्यक्रमबाटै विभागको टोलीले नियन्त्रणमा लिएको थियो
विभागले उनको भैंसेपाटीस्थित निवासमा पनि छापा हानेको छ। विभागको टोलीले महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको स्रोतले बतायो।
विभाग स्रोतका अनुसार पौडेलको विवादास्पद बिचौलिया दीपक भट्टसँग शंकास्पद कारोबार र सम्बन्ध देखिएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया