बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले युवामात्रै सबैथोक नभएको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले उमेरमात्रै सबैथोक नभएको बताए। लिङ्देनले ३५/३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह हुन नसक्ने बताए।
‘३५–३६ वर्षको हुने बित्तिकै सबै बालेन शाह होइँदैन। अहिले ९३–९४ वर्षका मानिसहरू पनि राष्ट्रपति छन्,’ लिङ्देनले भने, ‘८० वर्षको डोनाल्ड ट्रम्प महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति हुनुहुन्छ। ८० वर्षका सबै डोनाल्ड ट्रम्प पनि हुँदैनन्। ३६ वर्षे सबै बालेन शाह पनि हुँदैनन्। उमेर मात्रै सबै कुरा होइन।’
राप्रपामा २५ देखि ८५ वर्षसम्मका व्यक्तिहरू पार्टी कमिटीमा सक्रिय रहेका बताउँदै उनले युवाको उर्जा र अग्रजको अनुभवको सबभन्दा राम्रो संयोजन भएको पार्टी राप्रपा भएको जिकिर गरे।
‘सबैलाई मिलाएर लैजाने जिम्मेवारी र दायित्व नेतृत्वको हो। त्यसलाई हामीले कुनै पनि प्रकारको कमी गर्दैनौं। हुँदै नभएका कुराहरू सुनेर–सुनाएर अनि त्यसैको भरमा निर्णय गर्ने र धारणा बनाउने काम तत्काल बन्दल गर्न म सबैलाई आग्रह गर्छु,’ उनले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया