बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी लोकप्रियताको हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टीपछि दोस्रो स्थानमा रहेको दाबी गरेका छन्।
काठमाडौं जिल्ला अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो दाबी गरेका हुन्। उनले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई संस्थागत गर्न राप्रपाले महत्त्वपूर्ण भूमिका खेलेको बताए।
‘अब नेपालमा अन्य राजनीतिक दलले पनि यी मुद्दालाई आफ्नो एजेन्डा बनाएर पार्टी दर्ता गर्न सक्ने कानुनी व्यवस्था हामीले बनाएका छौं। लोकप्रियताको हिसाबले राप्रपा राष्ट्रिय स्वतन्त्र पार्टीपछि दोस्रो स्थानमा छौं,’ उनले भने।
२०७८ सालको महाधिवेशनपछि पार्टीको नेतृत्व सम्हाल्दा राप्रपाको प्रतिनिधि सभामा आफू एक्लो सांसद मात्र रहेको स्मरण गर्दै उनले ०७९ को निर्वाचनबाट त्यसअघि कमजोर अवस्थामा रहेको पार्टीलाई सभामा १४ र प्रदेश सभामा २८ सीटसहित राष्ट्रिय राजनीतिमा स्थापित गर्न सफल भएको दाबी गरे।
उनले जनताबाट राम्रो प्रतिक्रिया पाए पनि त्यसलाई मतमा रूपान्तरण गर्न पार्टी असफल भएको स्वीकार गर्दै यसको मुख्य कारण पार्टीकै कार्यशैली र संगठनात्मक कमजोरीलाई दिए।
उनले पार्टीको आगामी महाधिवेशनलाई पार्टी सुधारको अवसरका रूपमा लिनुपर्ने बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया