बिएल संवाददाता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्वको द्वन्द्व समाधान उन्मुख देखिएकोले अब डिजेल, पट्रोललगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्वले बढेको पेट्रोलियम पदार्थको मूल्य अब घट्ने बताएका हुन्।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटे पनि भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको बताए।
वाग्लेले आफू अर्थमन्त्री हुने बित्तिकै उक्त इन्धनको मूल्य घटाउनका लागि पहल गरेको दाबी समेत गरे।
उनले भने, ‘अहिले मध्यपूर्वको अवस्था सहज हुँदै गयो। अब टाइम ल्याक त हुन्छ। क्रुड प्राइस त घटी नै सक्यो। भारतीय आयल निगममार्फत हामीले जुन इन्धन आयात गर्ने गरेका छौं। त्यो एडजस्ट भएर नेपालमा आउन केही समय लाग्ला। तर मूल्य अब घटनेवाला छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया