आइतबार, २८ जुन २०२६

ओलीको अघि झलनाथको विलौनाः चुनावअघि कम्युनिष्ट एकता गरेको भए बालेनको ‘तानाशाह’ चल्दैन थियो

News Image
• • •

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले र नेकपाले चुनावअघि नै कार्यगत एकता गरेको भए करिब १ सय सिट आउने दाबी गरेकी छन्।

नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन गर्ने क्रममा उनले देशका दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न नपर्ने बताएका हुन्।

उनले रास्वपा नेतृत्वको सरकार सञ्चालन गरिरहेका प्रधानमन्त्री बालेन शाहलाई ‘तानाशाही’ रहेको आरोप लगाउँदै एमाले नेकपा मिलेको भए बालेनको तानाशाही चल्न नसक्ने दाबी गरे।

‘करिब १ सय सिट वामपन्थीको हुन्थ्यो। आज यो बालेन तानाशाही चल्ने थिएन। देशको परिस्थिति बेग्लै हुन्थ्यो। हामी इतिहास र जनताले माग गरेका कुरा अनुरुप अघि बढन सक्यौंं कि सकेनौं? यो आत्मसमीक्षा गर्ने घडी पनि हो,’ खनालले भने।

यस्तो छ झलनाथको भनाइ–

भर्खरै भएको चुनावमा नेपालको वामपन्थी आन्दोलनले जुन सर्मनाक पराजय भोग्नुपर्‍यो, यदी यिनै दुईवटा दलमात्रै निर्वाचनभन्दा अगाडि हामीहरू कार्यगत एकता गरेको भए, तथ्यांक एकपटक सम्झना गरौं त नेपाली कम्युनिस्ट पार्टीले १७, नेकपा एमालेले २५ दुईवटा जोड्दा ४२ सिट। यो दुईवटा जुध्दा हामीले ३२ सिट हामीले हरायौं। त्यो ३२ पनि हाम्रै हुन्थ्यो। त्यो दुईवटा जोड्दा ७४ हुन्थ्यो। दुईवटाबीच एकता भएको भए त्यो मल्टिप्लाई हुन्थ्यो। करिब १ सय सिट वामपन्थीको हुन्थ्यो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!