आइतबार, २८ जुन २०२६

वनमन्त्री चौधरी थाइल्याण्ड प्रस्थान

News Image
• • •

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी थाइल्याण्डमाआयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएकी छन्।

मन्त्री चौधरी यही जुन २९ देखि जुलाई ३ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने ५ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेकी छिन्। 

मन्त्री चौधरी जुन २९–३० मा हुने ‘पेरिस सम्झौता र दिगो विकासका लागि सन् २०३० को कार्यसूचीबीचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्व सम्मेलनको उच्चस्तरीय सत्र’मा सहभागी हुने छिन्। उक्त सम्मेलनमा जलवायु परिवर्तन न्यूनीकरण, पेरिस सम्झौता कार्यान्वयन तथा दिगो विकास लक्ष्य (SDGs) सँगको सहकार्यलाई मजबुत बनाउने विषयमा उच्चस्तरीय छलफल हुने कार्यक्रम रहेको छ।

यस्तै जुलाई १–३ मा थाइल्याण्डको बैंककमा आयोजना हुने वातावरण तथा विकास समितिको मन्त्रीस्तरीय नवौँ अधिवेशन कार्यक्रममा सहभागी हुने छिन्।

उक्त मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय, अन्तर्राष्ट्रिय स्तरमा वातावरण संरक्षण, जलवायु अनुकूलन, हरित अर्थतन्त्र र दिगो विकासका साझा चुनौती तथा समाधानका विषयमा नेपालको प्रतिनिधित्व चौधरीले गर्ने छिन्।

उक्त सम्मेलनहरूमा मन्त्री चौधरीले नेपालको तर्फबाट जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास, दिगो विकासका क्षेत्रमा नेपालले लिएको प्रतिबद्धताबारे धारणा राखेकी छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!