बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूलाई कमजोर नठान्न सरकारलाई चेतावनी दिएका छन्।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले देशविरुद्ध सल्बलाएका प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने बताए।
‘हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं। धुलो टक्टक्याउँदै उठ्छौं। अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं,’ ओलीले भने।
उनले संसद विघटनलाई असंवैधानिक करार गर्दै एमालेले चुनावमा नजाने अडान लिए पनि अन्य दलले साथ नदिएको गुनासो गरे।
‘हामीले यो चुनाव रोकौं भन्दा सबैले एमालेका लागि भिर हो, हामीलाई हाइवे हो भन्ने ठाने साथीहरूले। यो चुनाव बामपन्थी र लोकतान्त्रिकहरूका लागि थिएन। पहिले नै परिणाम तय थियो। अहिले पनि प्रतिगमनको सिलसिला जारी रहेको छ।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया