बुधबार, ०१ जुलाई २०२६

परराष्ट्रमन्त्रीको दाबीः युरोनियम उत्खननका लागि कसैसँग सम्झौता भएको छैन

News Image
• • •

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको युरेनियम उत्खननका लागि कसैसँग सम्झौता नभएको प्रष्ट पारेका छन्।

बुधबार राष्ट्रियसभाको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै मन्त्री खनालले मुस्ताङमा रहेको युरोनियम खानी उत्खननका सम्बन्धमा हालसम्म कोही कसैसँग सहमति एवं सम्झौता नभएको स्पष्ट पारेका हुन्।

सांसद भुवनबहादुर सुनारको प्रश्नमा जवाफ दिँदै मन्त्री खनालले प्राकृतिक स्रोतको उपयोगका सम्बन्धमा नेपालको संविधानमा गरिएको व्यवस्थाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

मन्त्री खनालले असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तप्रति प्रतिकूल हुनेगरी कुनै पनि सम्झौता नगरिने स्पष्ट पारे।

प्रारम्भिक अध्ययनका क्रममा खानी रहेको भन्ने जानकारी प्राप्त भए पनि उत्खननका लागि कुनै पनि प्रकारको सहमति नभएको उनले दाबी गरे।

 उनले डिजिटल मिडियामा आएका असत्य समाचारको यसअघि नै सरकारका सम्बद्ध निकायले खण्डन गरिसकेका बताए।

मुस्ताङमा खानी रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको भए पनि थप अध्ययन र अन्वेषण आवश्यक रहेको स्पष्ट पार्दै उनले खानी तथा भूगर्भ विभागले थप अध्ययन गर्ने उल्लेख गरे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!