बिहिबार, ०२ जुलाई २०२६

रास्वपाकै जेनजी सांसद भन्छन्ः सरकार कुम्भकर्ण निद्रामा छ, घण्टी बजाएरै जगाउने बेला आयो

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुरुषोत्तम यादवले सरकार कुम्भकर्ण निद्रामा रहेकोले घण्टी बजाएरै जगाउने बेला टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले तराई मधेसका युवाहरू लागुऔषधको दलदलमा चुर्लुम्म डुब्दा सरकार त्यसलाई नियन्त्रण गर्न असफल भएको बताए।

‘देशका युवा लागुऔषधको दलदलमा डुब्दा पनि सरकार कुम्भकर्ण निद्रामा छ,’ यादवले भने, ‘आज सरकारलाई घण्टी बजाएरै जगाउने बेला आएको छ। तथ्यांक अत्यन्तै डर लाग्दो छ।’

आफूले लागुऔषध नियन्त्रणको लागि प्रतिनिधिसभाको राज्य व्यवस्था समिति देखि सञ्चार माध्यममा समेत लागुऔषधको कुरा उठाउँदा सरकारले हालसम्म नसुनेको भन्दै उनले आक्रोश व्यक्त गरे।

उनले भने, ‘सरकारसँग न स्पष्ट कार्य योजना छ। न त युवालाई बचाउने दृढ इच्छा शक्ति छ। लागुऔषध नियन्त्रणको सफलता पक्राउको संख्यामा होइन। कुलतमा फसेका युवाहरूको संख्या घटेको आधारमा मापन हुनपर्छ। तस्करमाथि निर्मम कारबाही गर्दै कडा कार्ययोजना ल्याउन सरकारसँग माग गर्दछु।’

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!