बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक परिणाम देखिने बताएका छन्।
शुक्रबार पार्टीका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतमा खोला आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने वा वैकल्पिक जग्गा उपलब्ध गराउने विषयमा विभिन्न मोडलमा प्रयास भए पनि ती प्रभावकारी हुन नसकेको बताए।
उनले भने, ‘सबैले यसको आवश्यकता महसुस गरेका थिए, कुनै पनि दल यसको विपक्षमा थिएन। तर ती उपाय प्रभावकारी हुन सकेनन्, त्यसैले अहिले नयाँ प्रक्रिया अपनाइएको हो।’
लामिछानेले नयाँ प्रक्रियाबाट नागरिकले केही समयका लागि दुःख पाएको स्वीकार गर्दै त्यसको अन्तिम परिणाम सकारात्मक हुने विश्वास व्यक्त गरे।
उनले भने, ‘यसबाट नागरिकलाई दुःख भएन भन्ने म भन्दिनँ। तर यसको परिणाम राम्रो आयो भने अहिलेको दुःख बिर्सिने अवस्था आउँछ। लामो समयदेखि भोग्दै आएको समस्याको तुलनामा अहिलेको दुई–चार महिनाको दुःखपछि उहाँहरूले राम्रो प्रतिफल प्राप्त गर्नुहुन्छ भन्नेमा म निर्धक्क छु।’
संविधान संशोधनका सन्दर्भमा बोल्दै लामिछानेले प्रदेश संरचनालाई थप प्रभावकारी बनाउने विषयमा खुला बहस आवश्यक रहेको बताए।
उनले भने, ‘प्रदेश संरचनालाई रेट्रोफिट गर्नुपर्छ भन्ने आवश्यकताको महसुस सबैले गरेका छन्। हाम्रो भनाइ प्रदेश संरचनालाई बोझिलो बनाउने होइन, प्रभावकारी बनाउने विषयमा सोच्नुपर्छ भन्ने हो। यसलाई बहसको विषय बनाऔँ भनेर रास्वपाले प्रस्ताव गरेको हो।’
संविधान संशोधनको बहसमा प्रदेश संरचना पनि एउटा महत्वपूर्ण विषय भएकाले यसमा सर्वदलीय सहमतिका साथ छलफल हुनुपर्ने आवश्यकता रहेको उनले बताए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया