बिएल संवाददाता
१५ मिनेटका लागि स्थगित प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ।
बुधबारको बैठकमा एमाले सांसद राजेन्द्रकुमार राईको अभिव्यक्तिमा विवाद उत्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
बैठकमा बोल्ने क्रममा सांसद राईले सभामुखलाई सम्बोधन गर्दै, ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भन्दै प्रश्न गरेका थिए।
सांसद राईको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले संसद्को मर्यादा कायम राख्न आग्रह गरे। उनले सभा र सभामुखको अपहेलना हुने गरी अभिव्यक्ति नदिन निर्देशन दिँदै आफ्ना भनाइ मर्यादाभित्र रहेर राख्न निर्देशन दिए।
सभामुखले सांसद राईलाई भाषा सुधार गरेर बोल्न समय दिएका थिए। तर, पुनः बोल्ने क्रममा राईले सभामुखले आफूले राख्न खोजेको कुरा नसुनेर अपहेलना हुने गरी धारणा राखेको भन्दै आपत्ति जनाए। उनले ‘पाँच वर्ष तपाईंले संसद् चलाउन सक्नुहुन्न’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए।
त्यसपछि सभामुखले बैठक स्थगित गरेका थिए।
सभामुख अर्यालले सांसद राईलाई दोस्रोपटक सुरु भएको बैठकको सुरुमै बोल्ने मौका दिएर उनले त्यसअघि बोलेका सम्पूर्ण अभिव्यक्तिहरू संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया