बिएल संवाददाता
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध चौथोपटक म्याद थप भएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई भोलिपल्ट काठमाडौं ल्याइएको थियो। पहिलोपटक ७ दिन, दोस्रोपटक ३ दिन र तेस्रोपटक ६ दिन म्याद थप गरी थुनामा रहेका पौडेललाई थप हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई अदालतले अनुमति दिएको हो।
पुर्पक्षका लागि थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएका पौडेलको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया