बिएल संवाददाता
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
आइतबार कांग्रेस मुगु जिल्ला सभापति ऐनबहादुर शाहीसहितको उपस्थितिमा स्वर्गीय गणेश नेपालीकी आमालाई भेटेर उनले आर्थिक सहयोग रकम उपलब्ध गराएका हुन्।
बस्नेतले गणेशकी छोरी प्रतिमालाई स्नातक तहसम्म पढाई दिने प्रतिवद्धता गरेका छन्। बस्नेतले छोरीलाई स्नातकसम्म पढाउनका लागि आवश्यक पर्ने सबै आफैंले व्यहोर्ने घोषणा गरे।
गत बिहीबार पार्किङको विषयमा महानगर प्रहरीसँग विवाद हुँदा उनले आफ्नै बाइकको पेट्रोल निकालेर शरीरमा छर्किएर आत्मदाह प्रयास गरेका थिए। उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया