बिएल संवाददाता
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध पाँचौंपटक म्याद थप भएको छ।
सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
यसअघि पौडेलविरुद्ध चौथोपटक ५ दिन थुनामा राख्न न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरण विभागलाई अनुमति दिएको थियो।
गत असार ८ गते सुर्खेतबाट पक्राउ परेका पौडेललाई भोलिपल्ट काठमाडौं ल्याइएको थियो। पहिलोपटक ७ दिन, दोस्रोपटक ३ दिन, तेस्रोपटक ६ दिन र चौथोपटक ५ दिन म्याद थप गरी थुनामा रहेका पौडेललाई थप हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागलाई अदालतले अनुमति दिएको हो।
पुर्पक्षका लागि थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टसँग शंकास्पद कारोबार देखिएका पौडेलको सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतको अनुसन्धानका क्रममा सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया