बिएल संवाददाता
प्रधानमन्त्री बालेन शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।
दुई नेताबीच बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको प्रधामन्त्रीको सचिवालयले जनायो।
भेटवार्ताका क्रममा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था, तथा आपसी हितका विविध विषयहरूमा छलफल भएको बताइएको छ।
अध्यक्ष लिङ्देनले प्रधानमन्त्रीसँग संविधान संशोधन, संवैधानिक राजसंस्था र सनातन हिन्दु राष्ट्र स्थापना, प्रदेश खारेजी लगायत राप्रपाको एजेन्डाबारे ध्यानाकर्षण गराएका छन्।
राप्रपा स्रोतका अनुसार लिङ्देनले जनताले ‘रास्वपाले हिन्दुराष्ट्र स्थापना गर्छ, प्रदेश खारेजी गर्छ, राजसंस्था ल्याउँछ’ भनेरै दुईतिहाइ मत दिएको स्मरण गराएका छन्।
छलफलमा अध्यक्ष लिङदेनसँगै राप्रपा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रतिनिधि सभा सांसद खुश्बु ओली सहभागी थिइन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया