बिएल संवाददाता
सर्वोच्च अदालतले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा कारागारमा रहेका एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेल र कुमार रेग्मीको संयुक्त इजलासले बन्द्री प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको हो।
अदालतले गत कोइरीविरुद्ध गत १९ असारको कैदी पुर्जी कानुनसम्मत नरहेको भन्दै तत्काल रिहा गर्न आदेश दिएको छ। कोइरीका कान्छो छोरा मनोजकुमार महतोले बुबालाई कानुनविपरीत पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
जिल्ला अदालत महोत्तरीबाट सफाइ पाएका कोइरीलाई उच्च अदालत जनकपुरले १९ असारमा दोषी करार गर्दै ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो।
सुनुवाइको भोलिपल्टै कोइरीलाई पक्राउ गरी जलेश्वर कारागार चलान गरिएको थियो।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया