बिएल संवाददाता
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहलगायत सबै मन्त्रीहरू आफ्नो पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।
आर्थिक वर्ष ०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलका क्रममा अर्थमन्त्री डा. वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरू सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका हुन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी सबै मन्त्रीहरू यसमा वीआर हेल्ड एकाउन्टेबल बाइ नेपाली जनता, बाइ आवर पार्टी एण्ड बाइ आवर रेस्पेक्टिभ लिडरसिप एज वेल भन्ने कुरामा हामी एकदमै कडाका साथ अगाडि जानुपर्ने छ। पुराना विकृतिहरू विसंगतिहरूलाई छोड्दै जाने हो र सामर्थ्य अनुसार हामी फेरि कर्मचारीतन्त्रलाई इन्सेन्टिभाइज पनि गर्छौं भनेका छौं।’
त्यस्तै उनले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणका सवालमा सरकारले ‘शून्य सहनशीलता’को नीति अङ्गीकार गरेको बताए।
‘एउटा स्पष्ट सोच त आएको छ। एउटा सुशासन। यो हाम्रो एकदमै जिरो टोलरेन्स हैन यो इन्टेग्रिटी, जिरो टोलरेन्स टु करप्सनका मान्यतामा हामी कडा छौं,’ उनले भने।
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया