
बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन हुनुपर्ने माग गरेको छ।
बुधबार बसेको राप्रपा कार्यसम्पादन समितिको बैठकले नागरिकता प्रकरणमा जुन ढंगबाट कैलाश सिरोहियामाथि छानबिन सुरु भएको छ, त्यसैगरी गृहमन्त्री लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा रहेको निष्कर्ष निकालेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
राप्रपाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि नागरिकता दुरूपयोगसम्बन्धी अभियोग न्यायीक निरुपणको विषय बनिसकेको भन्दै राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्दछ भन्नेमा प्रष्ट रहेको बताएको छ।
बैठकले राप्रपाको जेठ ११, १२ र १३ गते काठमाडाैँमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रतिवेदनहरुमाथि बृहत् छलफल गरिएको छ।
बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, महामन्त्री डा. धवलशमसेर राणाले सांगठनिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङ्ले सचिवालयसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका छन्।
प्रस्तुत प्रतिवेदनहरुलाई सामान्य परिमार्जनसहित केन्द्रीय कार्यसमितिको बैठकमा पेश गरिनेछ।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया