बिएल संवाददाता
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा बुधबार संस्थापन र असन्तुष्ट समूहले अलगअलग कार्यक्रम गर्ने भएका छन्।
संस्थापन पक्षले बुधबार र बिहीबार २ दिने कार्यक्रम आयोजना गरेको छ। राष्ट्रिय सभा गृहमा ‘नवीन संकल्प, नवीन अभियान’ शीर्षकमा विचार गोष्ठी आयोजना गरेको छ।
यता बहिर्गमित सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको असन्तुष्ट पक्षले बुधबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा ‘संवाद, सहमति र एकता– आजको आवश्यकता’ विषयक विशेष विचार गोष्ठी आयोजना गरेको छ। पूर्वउपसभापति प्रकाशमान सिंह कार्यक्रम तयारी समितिका संयोजक छन्।
विचार गोष्ठीको नेतृत्व निवर्तमान कार्यवाहक सभापति खड्काले गर्दैछन्। इतर पक्षको भेलामा प्रकाशमानसहित शेखर र शशांक समूह पनि सहभागी हुँदैछन्।
सुरुमा राष्ट्रिय भेला आयोजना गर्ने तयारीमा रहेको इतर समूहले अन्तिम समयमा भेला रोकेको थियो। पूर्वउपसभापति सिंहले ‘साउनको महिनामा शुभ काम नगर्ने’ भन्दै भदौमा राष्ट्रिय भेला गर्ने प्रस्ताव गरेपछि संस्थापनलाई काउन्टर दिन समानान्तर विचार गोष्ठी आयोजना गर्ने असन्तुष्ट पक्षले तयारी गरेको हो।
भोलिको भेलाबाट छुट्टै कांग्रेस बनाउने तयारीका लागि एकजना वरिष्ठ नेतालाई संयोजक तोक्ने तयारी रहेको स्रोतले बतायो। स्रोतका अनुसार पूर्णबहादुर खड्का तत्काल नेतृत्वमा नआउने भएका छन्। नयाँ राष्ट्रिय कांग्रेस बनाउने जिम्मेवारीसहित प्रकाशमान सिंहलाई अभियानको संयोजक बन्न प्रस्ताव गरिएको छ।
प्रकाशमानले संयोजक बन्न नमाने एनपी साउदलाई संयोजक बनाएर अभियान अघी बढाउने इतर समूहमा आन्तरिक छलफल भएको बुझिएको छ।
यता देउवा पक्षका शीर्ष नेताहरूले आफ्नो पक्षका दाबी गर्ने अधिकांश नेता कार्यकर्ताहरूले भने गगन कांग्रेसकै सदस्यता अध्यावधिक गरिसकेका छन्। अब सदस्यता अध्यावधिक गर्न असन्तुष्ट समूहका शीर्ष भनिएका नेताहरू मात्रै बाँकी रहेको बताइन्छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया