बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच वार्तालाप भएको छ।
दुई नेताबीच प्रदेश सरकार गठनमा सहकार्य गर्नेबारे कुराकानी भएको एमाले महासचिव महेश बस्नेतले बताएका छन्।
ओलीसँग वार्तालाप गरेपछि प्रचण्डले एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएको बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
‘यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नभई मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिहरूबीचको सहकार्यका लागि सकारात्मक पाइला बन्न सकोस्,’ बस्नेतले भनेका छन्।
वाम शक्तिहरूबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउने एमालेको अपेक्षा रहेको बस्नेतले बताएका छन्।
सातै प्रदेशबाट कांग्रेसले सत्ता सहकार्य तोडेपछि एमाले र नेकपाबीच सम्भावित सत्ता सहकार्यबारे छलफल चलिरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया