बिएल संवाददाता
वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी सत्याग्रह बस्न धनगढीस्थित कृष्ण मन्दिरको धर्मशाला पुगेका छन्।
चिकित्सा शिक्षा सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बसेका केसीले यसपटक पनि सात बुँदे माग राख्दै सत्याग्रह बस्ने घोषणा गरेका छन्।
उनले स्वास्थ्य तथा स्वास्थ्य क्षेत्रलाई सरकारबाटै निजीकरण गर्ने प्रयास भएकाले त्यसलाई रोक्न सत्याग्रह बस्न लागेको बताएका छन्। दिउँसो ३ बजेदेखि अनशन बस्ने उनले घोषणा गरेका छन्।
गेटास्थित शहीद दशरथचन्द मेडिकल विश्वविद्यालय सञ्चालनको तयारी भइरहेका छ। डा. केसीको अनशनले गेटा विश्वविद्यालयको सञ्चालन प्रक्रिया प्रभावित हुन सक्ने भन्दै स्थानीयस्तरमा विरोध बढ्न थालेको छ।
धर्मशालाको कोठा नम्बर २११ मा बसेका डा. केसीलाई स्थानीयले अनसन नबस्न आग्रह गरेका छन्। उनीहरू गेटास्थित शहीद दशरथचन्द मेडिकल विश्वविद्यालय सञ्चालन प्रभावित हुन सक्ने भन्दै केसीलाई अनशन नबस्न आग्रह गरेका छन्।
यता कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रबहादुर चन्दले डा. केसीलाई कैलालीबाट हटाउने प्रयास गरेका छन्।
उनीहरूले अनसनका क्रममा कैलालीमा स्वास्थ्य अवस्था जटिल बने उपचार व्यवस्थापन गर्न कठिन हुने भन्दै केसीलाई काठमाडौंमै अनशन बस्न सुझाव दिएका छन्।
डा. केसीले आफूले मेडिकल विश्वविद्यालय सञ्चालनको विरोध नगरेको बताएका छन्। गेटा विश्वविद्यालयमा राजनीतिक तथा व्यापारिक स्वार्थको केन्द्र बन्न नदिने र यसलाई शीघ्र सञ्चालन र सुदृढीकरण गर्नुपर्ने पक्षमा रहेको उनको भनाइ छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया