बिएल संवाददाता
सुनसरीको देवानगञ्जमा गत आइतबार राति दुई समुदायको झडपमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका अर्का युवकको पनि मृत्यु भएको छ।
घटनाका घाइते देवानगञ्ज-३ का २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
योसँगै उक्त घटनामा मृतकको संख्या २ पुगेको छ। यसअघि घटनाकै दिन प्रहरीको गोली लागेर घाइते भएका देवानगञ्जकै ३० वर्षीय ओमप्रकाश मेहताको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको थियो।
उक्त घटनामा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका थिए।
प्रहरीको गोली लागेर घाइते भएका ८ जनाको विराटनगरकै न्युरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया