बिएल संवाददाता
जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि उठेका आरोपहरूको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न तथा अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्न उनलाई पदबाट तत्काल हटाउन सरकारसँग माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय शाहद्वारा जारी विज्ञप्तिमा देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसा, साम्प्रदायिक तनाव तथा सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
विज्ञप्तिमा राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनका क्रममा तत्कालीन भूमिकासम्बन्धी विषयमा सुधन गुरुङमाथि छानबिन गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको दाबी गर्दै, यस्तो पृष्ठभूमि भएका व्यक्तिलाई गृह प्रशासनको नेतृत्वमा नियुक्त गरिनुले राज्यको निष्पक्षता, विधिको शासन र सार्वजनिक विश्वासमाथि प्रश्न उठेको उल्लेख गरिएको छ।
जेनजी मुभमेन्ट नेपालले पछिल्लो समय गृहमन्त्रीको भ्रमण गरेका केही क्षेत्रमा हिंसात्मक घटना र तनाव बढेको दाबी गर्दै सुनसरीमा भएको हिंसात्मक घटनासहितका विषयमा स्वतन्त्र अनुसन्धान आवश्यक रहेको जनाएको छ।
विज्ञप्तिमा घटनासम्बन्धी विभिन्न आशंका व्यक्त गर्दै ती विषयको सत्यतथ्य स्वतन्त्र अनुसन्धानबाट स्पष्ट हुनुपर्ने उल्लेख गरिएको छ।
मुभमेन्टले पाँचबुँदे माग सार्वजनिक गर्दै गृहमन्त्रीलाई अनुसन्धान अवधिसम्म पदबाट हटाउने, उनीसँग सम्बन्धित आरोप र निर्णय प्रक्रियाको स्वतन्त्र छानबिन गर्ने, आवश्यक परे कानुनबमोजिम अनुसन्धान प्रक्रिया अघि बढाउने, देशभर शान्ति, कानुनी शासन, मानव अधिकार र नागरिक सुरक्षालाई प्राथमिकता दिने तथा उच्च नैतिकता, व्यावसायिक दक्षता, अनुभव र निष्पक्षता भएको व्यक्तिलाई गृहमन्त्री नियुक्त गर्न माग गरेको छ।
विज्ञप्तिको अन्त्यमा राज्यको प्रमुख दायित्व नागरिकको जीवन, स्वतन्त्रता र सुरक्षाको रक्षा गर्नु रहेको उल्लेख गर्दै संविधान, कानुन, शान्ति, न्याय, विधिको शासन तथा लोकतान्त्रिक मूल्य–मान्यताको पक्षमा दृढ रहन सबैसँग अपिल गरिएको छ।

नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया