बिएल संवाददाता
सिरहाको गोलबजारमा गोली चलेको घटनाको अध्ययन र छानबिनका लागि प्रहरी उपरीक्षक (एसपी) भेषराज रिजालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।
प्रहरी उच्च स्रोतका अनुसार मधेस प्रदेश प्रहरीले एसपी रिजालको नेतृत्वमा इन्स्पेकटर यज्ञराज भट्ट र असई गोविन्द झा सदस्य रहेको समिति गठन गरेको हो।
सुनसरी घटनाको विरोधमा भएको प्रदर्शनमा सिरहाको गोलबजारमा गोली चल्दा एक जनाको ज्यानसमेत गएको छ। अर्का एक गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।
प्रहरीबाट गोली चलेको घटनापछि गठन गरिएको समितिलाई घटनाको वास्तविक अवस्था, गोली चल्न पुगेको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र घटनाक्रमको अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ।
एसपी रिजाल अपराध नियन्त्रण र जटिल घटनाहरूको अनुसन्धानमा काबिल प्रहरी अधिकारी मानिन्छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया