बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले पाकिस्तानको ब्रड पिक हिमपहिरोमा परि ज्यान गुमाएका नेपाली पर्वतारोहीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित विश्वको १२औं अग्लो हिमाल ८,०५१ मिटर अग्लो ‘ब्रड पिक’ आरोहणका क्रममा विश्व कीर्तिमानधारी निर्मल पुर्जा (निम्स दाइ)सहित छ जना नेपाली तथा अन्य चार विदेशी आरोहीहरूले ज्यान गुमाएका थिए।
‘निर्मल पुर्जा लगायत सम्पूर्ण दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणायुक्त र जीवित रहिरहनेछ। सम्पूर्ण दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति हार्दिक समवेदना,’ प्रधानमन्त्रीले भनेका छन्।
हिमालले धेरैलाई शिखरको गौरव दिने र कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने उल्लेख गर्दै प्रधानमन्त्रीले हिमाल आरोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने बताएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया