बिएल संवाददाता
पश्चिम नवलपरासीको सुस्तामा भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर निर्माणाधीन अस्थायी बाँध भत्काएको छ।
आइतबार दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेर बाँध भत्काएको स्थानीयवासीले बताएका छन्।
नेपालको भूमि सुस्ता गाउँपालिका ५ थारु टोलमा बन्दै गरेका १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएपछि स्थानीयबासी प्रतिकारमा उत्रिएका छन्।
स्थानीयका अनुसार नेपाल प्रवेश गरेका एसएसबीहरूलाई रोक्ने प्रयास भए पनि हतियारसहित आएकोले रोक्न सम्भव भएन। उनीहरूले नेपाल–भारत सीमा मानिएको सिमलको रुखभन्दा करिब ३०० मिटरभित्र नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएका हुन्।
एसएसबीले बाँध भत्काएपछि स्थानीयहरू प्रतिकारमा उत्रिएको जानकारी पाएपछि नेपालको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोली घटनास्थल पुगेको छ।
भारतीय पक्षले हस्तक्षेप गरेको घटनापछि स्थानीयसँग थप अप्रिय घटना हुन नदिन एपीएफ टोली खटिएको सशस्त्रले जनाएको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया