बिएल संवाददाता
नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धमा सर्वोच्चको आदेशविरुद्ध पूर्वसभापति शेरबहादुर देउवाले दिएको पुनरावलोकन निवेदन अघि बढ्ने भएको छ।
प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले देउवाको निवेदनउपर सुनुवाइ गर्दै पुनरावलोकनको निस्सा दिने आदेश गरेको छ।
पूर्ण इजलासको अनुमतिसँगै कांग्रेस विवादबारे निर्णय भइसकेको फैसला पुनः सुरुदेखि सुनुवाइ हुनेछ।
यसअघि न्यायाधीशहरू शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएको सभापति गगन थापाको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो।
सर्वोच्चको पूर्ण इजलासले अब यसअघिकै फैसला सदर गर्ने वा उल्ट्याउने भन्नेबारे आदेश दिने छ। यदि यसअघिको फैसला उल्टिएमा गगन थापालाई सभापति बनाएको विशेष महाधिवेशन अवैधानिक हुने छ।
सर्वोच्चको यसअघिको आदेशलाई पुनरावलोकन गर्न भन्दै देउवाले गत साउन ७ गते वारेसमार्फत निवेदन दर्ता गराएका थिए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया