बिएल संवाददाता
स्वास्थ्य उपचारका लागि विदेश गएका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा साउन २६ गते नेपाल फर्किने भएका छन्।
देउवाको सचिवालयका अनुसार उनी साउन २६ गते राति ९:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ।
यसअघि देउवाका स्वकीय सचिव भानु देउवाले भने देउवा साउन महिनाको अन्त्यतिर नेपाल फर्किने जानकारी दिए पनि यकिन मिति तय भइसकेको थिएन।
उपचारका लागि गत फागुन १३ गते सिंगापुर गएका देउवा त्यहाँबाट पत्नी आरजु राणा देउवासहित चैत ७ गते हङकङ पुगेका थिए। हाल उनी हङकङमै छन्।
देउवाको सचिवालयका अनुसार उनी पत्नी आरजुलाई हङकङमै छोडेर एक्लै स्वदेश फर्किन लागेका हुन्। देउवा परिवार केही समयपछि स्वदेश फर्किने बताइएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया