बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले एक्लैले देश बनाउन नसकिने बताएका छन्।
पार्टीका सांसदहरूबाटै सरकारको कामकारबाहीप्रति असन्तुष्टि देखिन थालेपछि प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले शुक्रबार मध्यरातमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्ने’ भन्दै समय आउन ढिला भए पनि गलत नगर्ने भन्दै नआत्तिन आग्रह गरेका थिए।
रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा बोल्दै महामन्त्री आचार्यले देश बनाउन सबैको साथ चाहिने बताए।
‘देश एक्लैले बन्दैन, २७५ जना सांसदले पनि बन्दैन। देश बनाउन सबैको साथ र समन्वय चाहिन्छ,’ उनले भने।
उनले स्थानीय तह र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै ती निर्वाचनमा पनि जित हासिल गर्न पार्टीका नेता कार्यकर्ताको एकता र साथ चाहिने बताए। उनले पुराना पार्टीका नेताहरूलाई गाली भन्दा काम गरेर जवाफ दिन आग्रह गरे।
‘हामी त्यो सभ्यताको व्यक्ति हो, रत्नाकरलाई वाल्मिकी बनाउने त हाम्रो समाज हो नि त, त्यो कहीँ पुरानाबाट गलत व्यक्ति आएछन् भने पनि रास्वपाका साथीहरूले हेर्नुहोला, सबै जना मिलेर यो देश बनाउने हो,’ उनले भने।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया