बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिवशंकर यादवले सदनमा आलोचना र बहस हुनुपर्ने विषय अन्यत्र भए पनि बहस ‘कालो चस्मा’मा सीमित भएको बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दशकौंदेखि मधेसी समुदायलाई हेर्ने विभेदकारी दृष्टिकोण, कर्णाली र सुदूरपश्चिमप्रतिको उपेक्षा तथा दलित, आदिवासी जनजाति र सीमान्तकृत समुदायमाथि दोस्रो दर्जाका नागरिकसरह गरिने व्यवहारबारे बहस हुनुपर्ने बताए।
‘सदनमा आलोचना हुनुपर्ने विषय अर्कै थियो, तर बहस अर्को तिर मोडिएको छ। दशकौंदेखि मधेसीलाई हेर्ने कालो नजर, कर्णाली र सुदूरपश्चिमलाई हेर्ने उपेक्षाको दृष्टिमाथि बहस हुनुपर्ने थियो,’ उनले भने, ‘तर आज संसद्मा बहस कालो चस्मामाथि सीमित भइरहेको छ।’
उनले हटाउनुपर्ने ‘कालो चस्मा’ नभइ मनमा बसेको विभेदकारी सोच भएको बताए।
‘बीपी कोइरालाले पनि कालो चस्मा लगाउनु हुन्थियो तर उहाँको सोच कालो थिएन। दृष्टिकोण साँगुरो थिएन। हटाउनु पर्ने त्यो कालो चस्मा होइन। मनमा बसेको त्यो कालो सोच हो, उनले भने, ‘मधेसीमाथि हेर्ने कालो सोच छ। दलितमाथि हेर्ने कालो सोच छ। त्यो हटायो भने मात्र हाम्रो देश समृद्धिको दिशा तिर अगाडी बढ्न सक्छ।’
उनले मधेसी, दलितलगायत समुदायप्रति रहेको विभेदपूर्ण मानसिकता अन्त्य नगरेसम्म देश समृद्धिको दिशामा अघि बढ्न नसक्ने बताए।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया