बिएल संवाददाता
जय नेपाल पार्टी गठन गरेर सँगै सहकार्य गर्ने तयारीमा रहेका डा. धवलशम्शेर राणा र दुर्गा प्रसाईंबीच मनमुटाव सुरु भएको छ।
सोमबार राणाले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गराएको अभिव्यक्ति दिएपछि दुर्गाले काउन्टर जवाफ दिएका छन्।
मंगलबार प्रसाईंले हाम्रो सन्देश नामक युट्यूव च्यानललाई अन्तर्वार्ता दिँदै धवलले राजसंस्था नै नचाहेको आरोप लगाएका हुन्।
नयाँ बन्न लागेको जय नेपाल पार्टीभित्र अमेरिकी खुफिया एजेन्सी सीआईए पसेको उल्लेख गर्दै प्रसाईंले दरबारलाई कमजोर बनाउने गरी अभिव्यक्ति दिएकोमा धवलले माफी माग्नुपर्ने माग गरेका छन्।
धवलसँगको एकता भाँडिएको संकेत गर्दै प्रसाईंले राणाहरूले राजसंस्था नचाहने आफ्नो शंका अहिले आएर पुष्टी भएको बताए।
यस्तो छ प्रसाईंको भनाइ–
मेरो पार्टीको अध्यक्षले बोलेको कुरा सुनेर म छाँगाबाट खसेजस्तो भएँ। प्रचण्ड र बाबुरामले बोल्ने कुरा उहाँको मुखबाट आयो। मेरै पार्टीभित्र, मैले बनाउन आँटेको पार्टीभित्र सीआईए पस्यो भन्ने कुरो मैले बुझ्नुपर्छ कि पर्दैन? अनि राजसंस्था आयो र?
तथ्यगत कुरालाई आज मोडेर दरबार कमजोर बनाउनलाई धवल दाइ लाग्नुहुन्छ भने उहाँले कस्तो राजसंस्था खोजेको र? म धवल दाइलाई प्रश्न गर्छु, दाइ तपाईँले हाम्रो पार्टीको अध्यक्ष बन्दै गर्दा यो कस्तो खालको कुरा गर्नुभएको रु तपाई अञ्जान हो कि अबुझ हो र? अबुझ हो भने राजनीति नै नगर्नुस्। घरमा आराम गरेर बस्नुस्।
हामीलाई पहिल्यै शंका लागेको थियो। राणाहरुले राजसंस्था चाहँदैनन्। यो देशमा राजसंस्था सिध्याएको नै राणाहरुले हो। जुद्दशम्शेर र चन्द्रशम्शेरको वंशले हो। म आज वाध्यताले यो कुरा भन्दैछु। उनीहरूलाई २००७ सालमा आफ्नो वंश हटाएको पीडा छ। जतिबेलासम्म नेपालमा राणाहरू हावी हुन्छन्, तबसम्म राजसंस्था आउँदैन।
यो साउनको बेला छ, २८ गते मिड निर्बाणको दिन हो। १५-२० दिन पछाडि पार्टी दर्ता गरौँ भन्दा उहाँहरू किन हतार गर्दै हुनुहुन्छ? म त पार्टी दर्ता गरे पनि दुर्गा प्रसाईं हो, नगरे पनि दुर्गा प्रसाईं हो। तर देशले अहिले खोजेको एउटा फेयर मान्छे दुर्गा प्रसाईं हो।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया