बिएल संवाददाता
शुक्रबारदेखि चलिरहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलामा सहभागी हुन आएका नेता तथा कार्यकर्ताहरूको खानपानका लागि विशेष प्रबन्ध मिलाइएको छ।
‘ॐ शाही क्याटरिङ एण्ड पार्टी प्यालेस’को क्याटरिङ राखेर नेता कार्यकर्तालाई खानाको व्यवस्था गरिएको हो। क्याटरिङको रेकर्डअनुसार भेलामा बिहान र बेलुका गरी करिब ८ हजार जनाले खाना खाने गरेका छन्।
क्याटरिङमा दैनिक ४०० किलो मटन र ८०० किलो चिकेन खपत हुने गरेको छ। मेन्यु अनुसार खानामा प्लेन पुलाउ, भटौरे रोटी, चिकेन रोष्ट, मटन करी, दाल फ्राई, मिक्स भेज ड्राइ, ग्रीन सलाद र अचार राखिएको छ।
त्यस्तै बिहानको नास्तामा कालो चिया, ब्ल्याक कफी तथा पुरी-तरकारीको व्यवस्था गरिएको छ।
खाना/नास्ताको व्यवस्था भने ठेकेदारसमेत रहेका रामेछापका नेता कान्छाराम तामाङले गरेका बताइएको छ।
सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबारेदेखि सुरु भएको राष्ट्रिय भेला आइतबारसम्म चल्नेछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया