बिएल संवाददाता
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले छानबिनका नाममा प्रतिशोध साँध्न खोजेको आरोप लगाएका छन्।
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनका नाममा राजनीतिक प्रतिशोध साध्न खोजेको आरोप लगाए।
उनले आफूहरूलाई लक्षित गरी कानुनको दुरुपयोग हुनसक्ने दाबी समेत गरे।
उनले भने, ‘सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिन गर्न त्यो रोक्नको लागि कथित आयोग बनायो। कस–कसलाई मुद्दा लगाउनुपर्ने त्यो लगाउने, यसले के भन्यो भने उनीहरूलाई मुद्दा नलाग्ने । कानुन नै कस्तो भने उनीहरूलाई मुद्दा नलाग्ने, न्यायाधीशलाई मुद्दा नलाग्ने, सेनालाई मुद्दा नलाग्ने, उनीहरूको नातागोताका लागि पनि मुद्दा नलाग्ने।’
ओलीले आफूलाई समेत सामान्य विषयमा छानबिनको नाममा दुःख दिन सक्ने अवस्था सिर्जना गरिएको टिप्पणी गरे।
उनले भने, ‘हाम्रो जरिकोट पनि कुन पैसाले किनेको भनी सोध्नुपर्ने। जरिकोट कहाँबाट आयो, नक्कली हो कि सिलाएको हो, कुनमा सिलाइस्, त्यो टेलरलाई पनि दुःख दिने। केपी ओलीको जरिकोट सिलाउने धागो कहाँबाट ल्याइस्, उसले पैसा दिएर सिलाइस् कि यसै सिलाइस् भनेर बयान दुई–चार दिनलाई लिन र दिन सक्ने भयो। मुद्दा नचलाए पनि दुई–चार दिन त भयो। यस्तै काम गरेर यिनीहरू बसेका छन्।’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया